घोषणा पत्रबारे ओलीको टिप्पणी खेदजनक : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार साँस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाए । ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै उनले खेद् प्रकट गरे ।

ओलीले आपत्तिजनक शब्दहरु प्रयोग गर्दा पनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए । उनले भने आचारसंहितालाई धज्जी उडाएर आफूखुशी, मनलागी अत्यन्त तल्लोस्तरबाट जसरी कुराकानी आइराख्या छ, स्वयं पूर्वप्रधानमन्त्रीको मुखबाट जस्तो किसिमको शब्द केही समय अगाडि उहाँले बोल्ने क्रममा हाम्रो घोषणापत्रलाई लिएर, हाम्रो पार्टीलाई लिएर जस्ता शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ। र यो निर्वाचन आयोगले यस सम्बन्धमा हामी गम्भीर रुपमा ध्यानाकर्षण गराउन चाहन्छौँँ ।

नेपाली कांग्रेस पार्टीले एकदम शालिनतापूर्वक राखेका विषयमा पनि यहाँ पत्र आइहाल्छ । तर यस्तो घोर आपत्तिजनक बोल्नै नमिल्ने आचारसंहिताको बेलामा मात्रै होइन अघिपछि पनि बोल्न नमिल्ने अभिव्यक्तिहरु आइराख्या छन् तर केही पनि नभएकोजस्तो रुपमा उहाँहरुलाई मात्रै यो जे पनि बोल्ने, गर्ने छुट भएजसरी जुन आएको छ, यसकाप्रति पनि हामी गम्भीर ध्यानाकर्षण गर्न चाहान्छौँ उनले भने । एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..