कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रको आलोचना गरेका छन्। उनको घोषणापत्र राजनीतिक दस्तावेज नभएको बताए।

‘कांग्रेसको घोषणापत्र कुनै राजनीतिक दस्तावेज होइन। त्यसलाई राजनीतिक दस्तावेजको दर्ता दिन सकिँदैन। पागलहरूको प्रलाप हो त्यो,’ मंगलबार मनमोहनको २३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने।

घोषणापत्रमा मुख छाड्ने, गाली गर्ने, तथानाम बोल्ने बाहेक केही पनि नभएको ओलीको भनाइ छ। ‘कसरी राजनीतिक दस्तावेज हुन्छ? केही नै छैन। जम्माजम्मी धारेहात लगाएको छ। एमाले, एमाले, पाँच वर्ष खेर गयो आदि इत्यादि,’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..