डीआईजी मसाउद आलम खाँले सम्हाले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँले आज मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

डीआईजी मसाउद आलम खाँ केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए ।

तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी उमेश रन्जितकारको सरुवा गरेर उनको ठाउँमा मसाउद आलम खाँलाई पदस्थापन गरिएको थियो ।

डीआईजी मसाउद आलम खाँले जनकपुर पुगेर सोमबारदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । डीआईजी मसाउद आलम खाँलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..