सभापति देउवाले महानगर र उपमहानगरपालिकामा क-कस्लाई उम्मेदवार बनाउलान् ?

काठमाडौं । काँग्रेसले महानगरपालिका र महानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार अझै चयन गर्न सकेको छैन । आज पनि उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो तर निर्णय भएन ।

बैठकले सभापति शेरबहादुर देउवालाई उम्मेदवार टुंगो लगाउन जिम्मेवारी दिएको छ । महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि सहमति नहुँदा देउवाले नै जिम्मेवारी पाएका छन् ।

काठमाडौं महानगरपालिकामा सृजना सिंहको नाममा सहमति बनिसकेको छ । ललितपुरमा चिरिबाबु महर्जन र चन्द्र महर्जनमध्येबाट उम्मेदवार बन्नेछन् । विराटनगरमा भीम पराजुली, अमृत अर्याल र डा. डिला संग्रौलामध्येबाट उम्मेदवार छनोट हुने बुझिएको छ ।

११ उपमहानगरपालिकामध्ये काँग्रेसले ७ वटामा मेयर र बाँकीमा उपमेयरको उम्मेदवार टुंगो लगाउने छ । भोलि विहानभित्र उम्मेदवारको टुंगो लगाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..