देशभरका मतपत्रको डिजाइन एउटै नभएको भन्दै नेकपा एमालेको आपक्ति

काठमाडौं । आगामी स्थानीय तहको चुनावको लागि मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्याउन खोजिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

एमालेले ६ वटा महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेका बाहेकका पदमा चुनाव चिन्ह हटाउने समाचारप्रति निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको हो ।

आइतबार अन्य पालिकाको भन्दा फरक प्रकृतिको मतपत्र छापिएको भन्दै एमाले कार्यालय सचिव डा.भीष्म अधिकारीले आयोगलाई पत्र लेख्दै प्रष्ट पार्न आग्रह गरेका हुन् ।

निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट नहुने पनि पत्रमा उल्लेख गरिएको छ । साथै पार्टीले मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..