सुन चोरीको भिडियो फुटेजले एमालेका नेता दीपक पौडेलको मेयरको टिकट खोसिदै

काठमाडौं । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेललाई ठूलो धक्का परेको छ । उनको टिकट खोसिने पक्कापक्की भएको छ ।

पौडेलको साटो अर्को उम्मेदवार चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले परामर्श थालेका छन् । ओलीले नयाँ उम्मेदवारबारे परामर्श गरेर साँझ सम्म निर्णय लिने बुझिएको छ ।

यसअघि पोखरामा एमालेबाट मेयरका उम्मेदवार दीपक पौडेलले गहना पसलमा कोटमा गहना चोरेर राखेको भनिएको भिडियो बाहिरिएको थियो । उनले उक्त भिडियो आफ्नो नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..