एमालेले टिकट नदिएपछि मालारानीमा आचार्यले गरे विद्रोह

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

पार्टीमा सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने सहमति भएपछि आफूले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु परेको आचार्यले बताए ।

पार्टीबाट जस्तोसुकै दबाब आए पनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, ‘तीन दिनअघिसम्म उम्मेदवार बन्दैन भनेर सुतेको मानिसलाई पार्टीले जबर्जस्ती पालिकाको अध्यक्षमा सिफारिस गरेपछि आफूले बाध्य भएर पुन: उम्मेदवारी दिनु परेको हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..