राप्रपाले काठमाडौं‚ ललितपुर र पोखरामा टुंग्यायो मेयरका उम्मेदवार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।त्यसैगरी ललितपुरमा अष्ट महर्जन र पोखरामा शंकर खराललाई मेयर उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

महर्जन ललितपुरका अध्यक्ष हुन् भने खराल विश्व हिन्दु महासंघका उपाध्यक्ष हुन् । खराल २ महिनाअघि मात्रै राप्रपामा प्रवेश गरेका थिए । श्रेष्ठले अन्य महानगर र उप महानगरपालिकाको उम्मेदवारी शुक्रबार बेलुकासम्म टुंगो लगाउने बताए ।’महानगरपालिकाहरूका मेयरहरू सम्बन्धित समितिहरूले लागू गरेको सिफारिसको आधारमा उम्मेदवार बनाउने निर्णय केन्द्रले गरेको हो‚’ श्रेष्ठले भने । त्यसैगरी बुटवल उपमहानगरपालिकामा व्यवसायी मृगेन्द्र शेरचनलाई प्रतिस्पर्धा गराउने भएको छ ।

शेरचन बिहीबारबाट राप्रपामा प्रवेश गरेका थिए । त्यसैगरी रुपन्देहीको भैरहवा नगरपालिकामा सागरप्रताप राणा, देवदह नगरपालिकामा माधव रिमाल र तिलोत्तमा नगरपालिकामा भुवन खनाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । राणा पूर्वमेयर र राप्रपाको रुपन्देही अध्यक्ष हुने भने रिमाल प्रदेश कमिटीका अध्यक्ष हुन् ।

त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाकाको प्रमुखमा ताहिर अलीलाई उम्मेदवार बनाउने भएको छ । उनी केन्द्रका सहमहामन्त्री हुन् ।त्यस्तै राप्रपाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरपालिका दमकमा राम थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बर्दियाको मधुवन नगरपालिकाको मेयरमा गिरिराज पुरुष र कालिकोटको पलाता गाउँपालिका प्रमुखमा निराजन बमलाई प्रमुख बनाएका छन् । त्यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिकाको मेयरमा गजेन्द्र चन्दलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..