काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख ( डीआईजी ) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुखको सरुवा गरेको हो ।
उनको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाण्डौंमा सरुवा भएको छ । उनको ठाउँमा मोहनकुमार आचार्य आउने भएका छन ।
यस्तै प्रहरी प्रधान कार्यालयले मधेश प्रदेश सहित ४ प्रदेशमा नयाँ प्रहरी प्रमुखलाई खटाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले वरिष्ठ उपरीक्षक (एसएसपी)बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चार जनालाई पदस्थापन गरेको हो ।
गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिंहको सरुवा गरेको छ । यस्तै बाग्मती प्रदेशमा रहेका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । यस्तै पुरुषोत्तम कडेललाई सीआईबी, मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशबाट कार्य विभाग र उमेश रञ्जितकारलाई महिला तथा बालबालिका निर्देशनालयमा सरुवा गरिएको छ ।
बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्र प्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।


