राजस्थान आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ ।शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो ।


दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी शाले ३७ र डेविड वार्नरले २८, ललित यादवले ३७, रोमन पोविलले ३६ रन जोडेका थिए । अन्य खेलाडीले भने राम्रो अंक जोड्न सकेनन् ।राजस्थानका प्रसिद्ध कृष्णले तीन, रविचन्द्रन आश्विनले २, युजभेन्द्र चाहल र ओबेद मककायले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको शतकीय मद्दतमा २ विकेट गुमाएर २२२ रन बनाएको थियो ।ओपनर जोस बटलर एक्लैले विस्फोटक ब्याटिङ गर्दै ११६ बनाएर आउट भए ।

आईपीएल २०२२ मा बटलरको यो तेस्रो शतक हो । देवदत्त पाडिक्कले ५४, सञ्जु सामसनले ४६ रन जोडे ।दिल्लीका मुस्ताफिर रहमान र खलिल अहमदले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..