कांग्रेस क्षेत्रीय सभापति लम्सालले दिए राजीनामा


बुटवल । मेयरको उम्मेदवार सिफारिस एकलौटी भएको आरोप लगाउँदै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्यागको घोषणा गरेका छन् ।जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको पत्र बुझाएका छन् । लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति रहेका थिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वसभापति समेत रहेका उनी पार्टीभित्र संस्थापन इतरका मानिन्थे ।संस्थापन इतरकै नगर सभापति खेलराज पाण्डेलाई नगर समितिले सर्वसम्मत मेयर उम्मेदवार सिफारिस गरेपछि उनी लगायत १३ जनाले विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।

शुक्रबारै भैरहवामा रुपन्देही–३ का पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादवले पार्टी परित्याग गरी जसपा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..