कटवाल प्रकरणबारे प्रचण्डले भनेः बाबुराम र बादलले ठोक भनेपछि ठोक्दिहाले

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलको उक्साहटमा लागेर आफूले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने निर्णय लिएको बताएका छन् । कैलालीको मसुरियामा बोल्दै उनले कटवाललाई हटाउनु गम्भीर गल्ती भएको स्वीकारे ।

‘रुक्माङ्गगत कटवाल तीन महिनापछि त्यसै जानेलावा थियो । दायाँतिर बादल बायाँतिर बाबुराम ठोक भन्ने जतिबेला पनि,’ प्रचण्डले भने,‘यीनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि मेरै प्रधानमन्त्री पदल गयो ।’ आफू अलि लाटोसोझो भएर निर्णय लिएको सुनाए ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु पनि आफ्नो गल्ती भएको बताए । उनले भने,‘जीन्दगीभर राजतन्त्र भनेको मान्छे मर्ने बेलामा गणतन्त्र भनेर माओवादीसँग हात मिलाएर आए । त्यस्तो बुढालाई राष्ट्रपति बनाउन पाइएन ।’

पछिल्लो समय बादल एमालेमा र बाबुराम जसपामा छन् । दुवैप्रति प्रचण्डले आलोचना गरे । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..