पोखराबाट कांग्रेसको उपमेयरमा मात्रै सिफारिस


पोखरा । पोखरा महानगरपालिका मेयरका लागि सिफारिस १८ जनाको नाम नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिले रोकिदिएको छ ।बिहीबार बसेको प्रदेश समितिको बैठकले मेयरको नाम थाती राख्दै उपप्रमुखको आकांक्षीको नाम मात्र सिफारिस गरेको प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।

‘मेयर पदका आकांक्षीको नाम प्रदेशले पठाउन छोड्यो । मेयर नपाउने भएपछि यहाँबाट सिफारिस पनि नगर्ने निष्कर्ष निस्कियो,’ पौडेलले भने, ‘उपप्रमुखमा भने महानगर कमिटीले पठाएको नाम जस्ताको तस्तै पठाएका छौं ।’
पोखरा महानगरको उपप्रमुख सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।


सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले पाउने सहमति भएको छ । उपप्रमुखको उम्मेदवार भने नेपाली कांग्रेसले लिने सहमति छ ।

नेपाली कांग्रेसले गत शुक्रबार पोखरा महानगर समितिले आकांक्षीको नाम माग्दा प्रमुखमा १८ जना र उपप्रमुखमा १० जनाले आवेदन दिएका थिए ।मेयरको उम्मेदवार एकीकृत समाजवादीलाई दिने निर्णयको विरोधमा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेको थियो । उक्त ताला बिहीबार बिहान खुलिसकेको छ ।

कांग्रेसको जिल्ला समितिले महानगर समितिलाई मेयरका लागि नाम सिफारिस नगर्न निर्देश दिएको थियो । तर बुधबार साँझ बसेको महानगर समितिको बैठकले मेयरमा १८ जनाकै नाम सिफारिस गरेको थियो ।महानगर प्रमुखका लागि नगर समितिले कांग्रेसबाट बहालवाला मन्त्री विन्दुकुमार थापा, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण विजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..