जीतपुरसिमराको माओवादी केन्द्रबाट मेयरमा राजन पौडेलको नाम


बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर उम्मेद्वारमा माओवादी केन्द्रकोतर्फबाट नेता राजन पौडेलको नाम सिफारिस भएको छ । माओवादी केन्द्रको उपमहानगर कमिटीले नगर प्रमुखमा पौडेलेको नाम सिफारिस गरेको हो ।

पार्टीको केन्द्रिय कमिटीलाई समेत उपमहानगर कमिटीले गरेको निर्णयको बारेमा जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।माओवादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको मात्रै नाम सिफारिस गरिएको जानकारी दिए ।

‘वैशाख ४ गते उपमहानगरकमिटिको बैठक बसेका थियौं । नगर प्रमुखको नाम सिफारिस गर्ने बारे छलफल भएको थियो’, उनले भने, ‘८० जना नगर कमिटी सदस्य मध्ये ५८ जना आउनुभएको थियो । एक जना बाहेक सबैले राजन जी कै नाम लिनुभयो । उहाँको नाम सिफारिस गरेर जिल्ला र प्रदेश इन्चार्जलाई पठाइसकेका छौं ।’


माओवादी केन्द्रमा उपमहानगर कमिटिले पठाएको नाम जिल्ला समन्वय समितिले प्रदेश कमिटिमा सिफारिस गर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..