गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठकर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, तत्कालिन इन्जिनियर पुर्ण कुँवर, तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढा, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट रहेका छन् ।

गोदावरी नगरपालिकामा बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडक ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षण गरी पेश गरिएको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टाचार गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनुसन्धानमा उनीहरुले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले बताएको छ ।


तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले ३१ लाख ३७ हजार ८५३ रुपैयाँ, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले २५ लाख ५२ हजार ८८६ रुपैयाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४० रुपैयाँ, तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढाले ४३ लाख १७ हजार ६६६ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४९५ रुपैयाँ, ल्याब टेक्निसियन धन बहादुर विष्टले ५३ लाख ५१ हजार २३४ रुपैयाँ र निर्माण व्यवसायी गणेश विष्टले ५६ लाख ९० हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..