काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चौरी देउराली गाउँपालिका-४ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- गोठाटार बस्ने ४२ वर्षीय विरेन्द्र कुमार गौतम रहेका छन् ।
नलाई उच्च अदालत पाटनले ७ लाख ९१ हजार रुपैया र चार दिन कैद सजाय सुनाएको थियो । फरार रहेका उनलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका उनलाई ललितपुर जिल्ला अदालत तहसिल शाखा लगनखेलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।


