आईपीएलको सट्टाबाजीमा संलग्न २ जना पक्राउ


मोरङ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सट्टावाजीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सट्टाबाजी खेल खेलाउने मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र खेल्ने विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने ४४ वर्षीय भुपेन्द्रकुमार साह रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले २८ हजार ३२५ रुपैयाँ नगदका साथै सिद्धार्थ बैंक र लक्ष्मी बैंकको चेक र मोबाइल बरामद गरेको छ । दुई जनालाई मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..