डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम सुनसहित महिला नियन्त्रणमा

काठमाडौं । त्रिभुवन भन्सार कार्यालयले डाइपरमा लुकाएर ल्याउँदै गरेको ३१७ ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । कार्यालयले कतार एअरवेजमार्फत दोहाबाट काठमाडौं आएकी महिलालाई नियन्त्रणमा लिएको हो ।


दोलखाकी २४ वर्षिय महिला यात्रु हिजो वैशाख ७ गते बेलुका ७ बजे काठमाडौं ओर्लिएकी थिइन् । त्रिभुवन भन्सार कार्यालयले उनको साथबाट ४२ थान बच्चाको डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम सुन नियन्त्रणमा लिएको छ ।

ती महिलाले २५० वटा टुक्रा पारेर ४२ वटा डाइपरमा उक्त सुन लुकाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..