तस्करी गरी ल्याएको सामान सहित १ जना पक्राउ

काठमाडौं । कालिमाटी प्रहरीले भन्सार छली गरी ल्याएको सामान र गाडीसहित १ जना लाई पक्राउ गरेको छ । ना ६ ख ४३ नं. को ट्रकमा भन्सार छली गरी कपडा तस्करी गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा चितवनका २८ वर्षीय तस्वीर तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अनिलकुमार घिमिरेले बताए ।


डिएसपी घिमिरेका अनुसार बुधबार अपरान्हको समयमा महानगरीय प्रहरी बृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरी टोलीले माल बाहक ट्रक रोकी खानतलासी गर्दा १५ लाख बराबरको समान बरामद गरेको छ ।

प्रहरीले बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु फेला परेपछि प्रहरिले नियन्त्रणमा लिएको हो । प्रहरीले मोदि रिफाइन इन्ड्रस्टृयल साल्ट १०० बोरा ,विभिन्न रङको कुर्ता सुरुवालको १७६ प्याकेट र विभिन्न कम्पनीका ३७५ जोर सामान सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ र ना ६ ख ४३ नं. माल बाहक ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल भन्सार कार्यालय गौचरण पठाइएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..