सुरक्षा समिति बैठक : निर्वाचनको निष्पक्ष र धाँधलीरहित बनाउन अपनाइने सुरक्षा रणनीतिबारे छलफल

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायहरुले प्रतिबद्धता गरेका छन् ।

विहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रमुख तथा प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकबारे जानकारी दिँदै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बैठकमा निर्वाचनको तयारी र निर्वाचनको सम्बन्धमा हुने विभिन्न गतिविधिहरुको तयारीको बारेमा छलफल भएको बताए । ‘निर्वाचनलाई कसरी शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ ?’ भन्ने विषयमा पनि छलफल भएको उनले उल्लेख गरे ।

उनले भने, ‘माननीय गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । यसमा हामी गृह सचिव, रक्षा सचिव, नेपाली सेनाका रथी, सबै सुरक्षा निकायका प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो । यसका साथसाथै सुरक्षा निकायका अरु साथीहरु पनि हुनुहुन्थ्यो । खासगरी निर्वाचनको तयारी, ११ र १२ गते हाम्रो नोमिनेशन हुँदैछ ।’

उनले थपे, ‘नोमिनेशनको सन्दर्भ र निर्वाचनका गतिविधिहरु सम्बन्धमा हाम्रा तयारी के छन्, हाम्रो तयारीका बारेमा जानकारी एकआपसमा हामीले सुरक्षा निकायका तयारी र समन्वय लगायतका विषयमा छलफल गरियो । त्यसमा निकायका प्रस्तुति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेनाका आ–आफ्ना टिओआर भित्रका प्रस्तुतीहरु उहाँहरुले राख्नुभयो । कसरी समन्वयको हिसाबले जाने विषयहरु पनि थिए ।’

उनले फेरि भने, ‘कसरी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने भन्ने विषय थिए । ति विषयहरुमा हामीले अझ समन्वयात्मक हिसाबले जाने भन्ने किसिमले छलफल ग¥यौँ । र माननीय मन्त्रीज्यूको निर्देशनसहित यो कार्यक्रम सम्पन्न भयो । निष्कर्ष चाहीँ के रह्यो भने सबै सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालयको निष्कर्ष चाहीँ निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै आ–आफ्नो निकायबाट स्वस्र्फूत रुपमा लाग्ने र यसमा निर्वाचन विरोधमा कोही लाग्यो भने त्यस्तालाई कानून बमोजिम कारबाही गर्ने भन्ने विषय नै हाम्रो सामूहिक प्रतिबद्धता पनि रह्यो ।’

बैठकमा सुरक्षा निकायहरुका बीचमा हुने समन्वयको सम्बन्धमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..