सिद्धार्थनगरको मेयर उम्मेदवारमा राप्रपाबाट सागरप्रताप राणा

बुटवल । सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सागरप्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् ।


राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समितिले सर्वसम्मत नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए ।

राणा सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख समेत हुन् । पार्टीका वरिष्ठ नेता एवम् पूर्वमन्त्री दीपक बोहराको गृह नगरसमेत रहेको सिद्धार्थनगरलाई राप्रपाले आफ्नो बलियो पकड रहेको नगरपालिका मान्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..