आफैले आफैलाई गोली प्रहार
शमसेर दल गणकी सिपाहीको मृत्यु


कपिलवस्तु । नेपाली सेनाको कपिलवस्तु बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित शमसेर दल गणमा बुधबार साँझ एक महिला सिपाहीले डिउटीमा आफैले आफैलाई गोली प्रहार गरेकी छन् । उनको उपचारकाक्रमम मृत्यु भएको छ ।

गणको सेन्ट्रीमा डिउटीमा खटिएकी सिपाही कोपिला राजवंशीले आफुले बोकेको एम १६ राइफलबाट पेटमा दुई राउण्ड गोली प्रहार गरेकी थिइन् । उनलाई उपचारका लागि रुपन्देही प्रादेशिक अस्पतालमा लगिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । घटनाको पुष्टिगर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेशी शाहले सेनासँगको समन्वयमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..