भण्डारी पेस्तोल, म्याग्जिन र गोलीसहित पक्राउ

बर्दिवास । जिल्ला प्रहरी कार्यालय महोत्तरीले २८ वर्षीय लालबाबु भण्डारीलाई पेस्तोल, म्याग्जिन र गोलीसहित पक्राउ गरेको छ ।

बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोलबाट भण्डारीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।


विवाहको गाडीमा तोडफोड गर्दै स्थानीयहरूलाई आतंकित बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी औरही र हातिलेटबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।

भण्डारीसँग प्रहरीको टोलीले अटोमेटिक चाईनिच पेस्तो १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली राउण्ड १ थानसहित पक्राउ गरेको एसपी पंगेनीले जानकारी दिए ।


पक्राउ परेका भण्डारीलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..