विवेकशील साझाका तिलोत्तामामा मेयर र उपमेयरका उम्मेदवार सिफारिस


बुटवल । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार सिफारिस गरेको छ । मेयरमा डा. अमित के.सी र उपमेयरमा रुपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय विवेकशील साझाले जनाएको छ ।

वडा नं. ७ भलवारी निवासी डा. केसी नेत्र रोग विशेषज्ञ हुन् भने वडा नं १४ निवासी गुरुङ शिक्षण पेशामा आबद्ध हुन् । मेयर र उपमेयरका उम्मेदवारले १७ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेका छन् ।

घोषणापत्रमा अनलाइन प्रणालीबाट वडा र नगरपालिकाबाट दिइने सबै सेवाहरु घरमै बसेर पाउने व्यवस्था गर्ने, स्वास्थ्य सेवा अन्तर्गत औषधी र उपचार निशुल्क, सार्वजनिक शिक्षा निःशुल्क, फोहोरमैलाको शुल्क खारेजी, गरिब तथा अति विपन्न परिवारलाई पानी र बिजुली निःशुल्क दिने उल्लेख छ ।

त्यस्तै निःशुल्क एम्बुलेन्स तथा दमकल सेवा २४ सै घण्टा, पहिलो वर्ष कम्तीमा ५० विघामा कृषि कार्यक्रम सुरुवात, कृिष मार्टको स्थापना, व्यापार, उद्यम र उद्योगीलाई पहिलो वर्ष निःशुल्क दर्ता तथा बीमा, सामाजिक सुरक्षाको प्रत्याभूत लगायतका विषय उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..