बालयौन दुरुपयोग गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

ओखलढुङगा । १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–७ घर भएका २० वर्षीय कमल मगर रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले बालयौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।


घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..