गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्छ : शशाङ्क कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए। अहिले संवाद चलिरहेको उनको भनाइ थियो ।

आज साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए। पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि वढ्नुपर्ने बताए।

उनले भने, ‘निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ।’ कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..