बालुवाटारमा गठबन्धनको गाँठो फुक्यो : कांग्रेसले छाडिदियो नेकपा (एस) लाई पोखरा महानगर

काठमाडौं । सत्ता गठबन्धनको बैठकले पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको छ ।

सोमबारको बैठकमा पोखरा महानगरमा दावीबाट पछि नहटेको नेपाली कांग्रेसले मंगलबार नेकपा (एस)लाई छाडिदिएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धनको बैठकले महानगर र उपमहानगरमा भागबण्डामा सहमति जुटाउन बैठक बोलाएको थियो । गठबन्धनको शीर्षस्थ नेताहरुबीच बैठकअघि गण्डकी प्रदेशबाट आएका कांग्रेस नेताहरूसँग प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।

सभापति देउवाले कांग्रेस नेताहरुसँगको छलफल गरेपछि पोखरा नेकपा (एस) लाई नै छाड्ने सहमति जुटेको थियो । बालुवाटारमा अहिले महानगर र उपमहानगरमा के कसरी तालमेल गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा बैठक जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..