जितपुरसिमराको प्रमुखमा एमालेबाट १० र उपप्रमुखमा ५ जनाको नाम सिफारिस


वीरगञ्ज । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले उम्मेद्वारका बनाउन नगर प्रमुखमा १० जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ ।

नगर कमिमिटि अध्यक्ष भोला अधिकारीले जिल्ला अध्यक्ष विनोद साहमार्फत जिल्ला कमिटीमा सोमबार नाम सिफारिस गरेका हुन् ।केन्द्रले एक पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि सहमति नजुटेपछि आकांक्षी सबैको नाम सिफारिस गरिएको हो ।

गर प्रमुखमा मनोज पौडेल, उपप्रमुख सरस्वती देवी चौधरी, एमाले नेताहरु कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, महादेव चौधरी, प्रल्हाद साह, राधेश्याम सिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस गरिएको हो ।


उपप्रमुखमा नगर कमिटी अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य रेनु रिमाल, नेताहरु अशोक लामा, कमला घिमिरे, सरिता चौधरीको नाम सिफारिस गरिएको छ ।नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार हुन इच्छुक सबै साथीहरुको नाम सिफारिस गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

‘उम्मेदवार हुन इच्छुक साथीहरुको नाम आयो, भावना बुझ्ने प्रयास गर्‍यौं । सबैले आफ्नो दावेदारी कायम राख्नुभयो’, उनले भने, ‘सहमति हुन नसकेपछि सबैको नाम जिल्ला कमिटीमा सिफारिस गरिदिएका छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..