ट्रामाडोल र ट्रामाडेक्ससहित एकजना पक्राउ


काठमाडौं। प्रहरीले नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेटौंडा-उपमहानगरपालिका १६ घर भई नरेफाँट बस्‍ने २६ वर्षीय कविर लामा रहेका छन् ।


उपत्‍यकाका विभिन्‍न स्थानहरुमा लुकाई छिपाइ विक्रि भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको नरेफाँटबाट पक्राउ गरेको हो ।प्रहरीले उनको साथबाट ५० एमजीको ४२ हजार ५०० थान ट्रामाडोल हाइड्रोक्लोराइड क्‍यापसुल र ५० एमजीकै १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्‍याप्सुल बरामद गरेको छ ।


पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्‍यक कारबाहीका लागि औषधि व्‍यवस्था विभाग, बिजुलीबजार नयाँ बानेश्‍वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..