भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे

नयाँ दिल्ली । भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन् । कोर्पस अफ इन्जिनियर्सबाट प्रधानसेनापति बन्ने उनी पहिलो अधिकृत हुन् ।

उनी जनरल मनोज मुकुन्द नरवणेको उत्तराधिकारी हुनेछन् । ‘सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ’, रक्षा अधिकारीहरूको भनाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

नेसनल डिफेन्स एकेडेमीका पूर्वछात्र लेफ्टिनेन्ट जनरल पाण्डे सन् १९८२ को डिसेम्बरमा कोर्पस अफ इन्जिनियर्समा भर्ती भएका थिए । उनले जम्मु कश्मीरको नियन्त्रण रेखाको किनारमा पल्लनवाला सेक्टरमा अपरेसन पराक्रममा इन्जिनियर रेजिमेन्टको कमाण्ड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..