पूर्वी युक्रेनमा रुसको बृहत हमला, दोस्रो चरणको युद्ध सुरु

एजेन्सी । रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन् । रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ । दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरूवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताएका छन् ।

युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणकाे युद्ध सुरु भएको बताएका छन् । पूर्वी युक्रेनमा रुसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताएका हुन् । यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरु गरेको बताएका थिए ।

‘हाम्रो सेनामा विश्वास गर्नुहोस् । यो धेरै बलियो छ’, चिफ अफ स्टाफ एन्ड्री यर्माकले भने । युक्रेनी सेनाले रुसी हमलाको प्रतिकार गर्न सक्ने उनले बताए ।

रुसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी गरेको थियो ।  ती हमलाहरूमा कम्तीमा ९ जना मारिएका छन् भने कही घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..