सत्ता गठबन्धनभित्र एसले महत्वपूर्ण स्थानमा दाबी गरेपछि सिट बाँडफाँटमा समस्या !

काठमाडौं । सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटमा समस्या देखिएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका बिषयमा सहमति हुन नसकेको हो ।

बैठकपछि सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँटको छलफल लम्बिएको जानकारी दिए । यसबिषयमा सोमबार पुन छलफल हुने उनले बताए । बैठकमा कुन–कुन स्थानीय तहमा कसरी उमेदवार खडा गर्ने भन्ने छलफल भएको उनले जानकारी दिए ।

बालुवाटार स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले महत्वपूर्ण स्थानमा दाबी गरेपछि समस्या उत्पन्न भएको हो । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् ।

तर कुन तहमा कसलाई उठाउने भन्ने निष्कर्षमा पुग्न सकेका छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..