राजस्व छलीमा २१ करोडको मुद्दा दायर

काठमाडौं । राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चार जना विरुद्ध २१ करोड रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

मूल्य अभिवृद्धि करतर्फ नौ करोड ९६ लाख ८८ हजार, आयकरतर्फ आठ करोड २७ लाख ४५ हजार र अन्य दुई करोड ७८ लाख समेत गरी जम्मा हुन आउने कुल बिगो २१ करोड दुई लाख ३८ हजार बिगो कायम गरी उक्त बिगोको सतप्रतिशत जरिवानाको माग दाबी गरिएको छ।

विभागले रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, श्यामबहादुर श्रेष्ठ, मनोज साह कलवार र विष्णुप्रसाद घिमिरेविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौं ल्याई विना विल बिजक बिक्री गरी राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..