आमसभा सकिएपछि राप्रपा चितवनले आमसभास्थल सरसफाई

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले शुक्रबार भएको आमसभास्थलमा सरसफाई गरेको छ । केन्द्रीय बस ट्रमिनल पारस बसपार्कको खुल्ला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौरमा रहेका कागज, प्लाष्टिकहरु टिपेर व्यवस्थापन गरिएको हो ।जिल्ला कोषाध्यक्ष दिनेश अधिकारीले करिब २ घण्टा लगाएर सरसफाई गरिएको बताउनुभयो । राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष मदनप्रसाद पौडेलले चौरमा आज शनिबार पनि पानी ट्याङकरले प्रयोग गरी धुलो व्यवस्थापन गरिएको बताउनुभयो ।

आमसभास्थलको सहज अवलोकन गर्न मिल्ने गरी ५ दिन लगाएर चौर समस्याउने र सफाई गरिएको थियो ।राप्रपा चितवन प्रदेश ३ ख का अध्यक्ष रामकृष्ण क्षेत्रीले राप्रपाका जिल्ला पदाधिकारी, युवाहरुको सक्रियतामा सफाई गरिएको बताउनुभयो ।

जिल्ला प्रवक्ता राजु भण्डारीले शुक्रबारको आमसभामा २५ हजार सर्वसाधरण भएको अनुमान गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..