संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादी प्रवेश गराउदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले देश र बिकासको नेतृत्व गर्ने माओवादी नै भएको दावी गरे । देशका मधेशी, थारु, आदिवासीलगायत सवै समूदायको पहिचान र अधिकार माओवादी कै कारण भएको उनले बताए ।

कार्यक्रममा मधेश र सुदूरपश्चिम क्षेत्रका बिभिन्न दलआवद्ध कार्यकर्ताहरुलाइ पनि माओवादी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..