बीरगञ्जका कांग्रेस नेता भन्छन्- हामी देउवाका रैती होइनौं, कांग्रेस एक्लै चुनाव लड्छ

वीरगन्ज । पाँच दलीय गठबन्धनलाई ‘अपवित्र गठबन्धन’को संज्ञा दिंदै नेपाली कांग्रेस वीरगन्ज महानगरका अधिकाश समितिले गठबन्धनको उमेद्वारलाई साथ नदिने बताएका छन् । वीरगन्जका संचारकर्मी सामु बुधबार समितिका सभापतिहरु उपस्थित भई यस्तो बताएका हुन् । सहभागी मध्ये केही नेताहरुले ‘हामी सेरबहादुर देउवाको रैती हैनौ भन्दै बिद्रोह गर्ने चेतावनी समेत दिए ।

‘आफैमा ऐतिहासिक पार्टी नेपाली कांग्रेस कसैको बैशाखी टेकेर निर्वाचनमा जाँदैन ।’ सहभागीले भने । नेपाली काँग्रसको महानगर समिति, क्षेत्रीय समिति, जिल्लाको क्षेत्र नम्बर १ र २ दुवै प्रदेशका सभापतिहरु सहभागी कार्यक्रममा केन्द्रको अपवित्र गठबन्धनलाई स्वीकार्न नसकिने बताए । आफुहरुको सुझावलाई पार्टीले अटेर गरी अगाडी बढे विद्रोह गरेर जाने उनीहरुको दावी छ ।

मधेश प्रदेशको एकमात्र महानगर वीरगन्जका ३२ वटै बुध कमिटिका सभापतिहरुले समेत महानगर कमिटिलाई लिखित सुझाव दिंदै गठबन्धनकापछि नलाग्न भनेको छ । ‘त्यो सुझाव समेत सम्बन्धित कमिटिमा पठाइसक्यौं ।’

महानगर नगरकमिटिका सभापति मणिन्द्रलाल नेपालीले भने ‘यदि काँग्रस महानगरनगर कमिटी लगायत तल्लो तहका सुझाव केन्द्रले सुनेन भने हामी केन्द्रको निर्णयलाई पनि मान्न बाध्य हुँदैनौें ।’ आन्तरिक रुपमा सुझाव पेश गर्ने ठाउँहरु सबैतिर पठाइएको बताउदै पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ताले ती सुझाव काम नलाग्ने भए गठबन्धनको कुरा पनि मान्न बाध्य नहुने बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..