यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतः विश्व बैंक

काठमाडौं । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो ।

रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

गएको साता मात्रै एशियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपाली अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..