अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैर जिम्मेवारीपन : नेता कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् । उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताए ।

त्यस्तै नेता कोइरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्रबैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे । उनले विलासिताको सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको बताए ।

नेता कोइरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दानालगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ ? भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए ।
उनले भनेका छन्, ‘तालमेल मिलेन रे, राष्ट्र बैंकको गभर्नरसँग कुरा मिलेन रे भनेर निलम्बन गर्नु एकदम गैर जिम्मेवार हो भन्ने मलाई लाग्छ । त्यति मात्रै होइन, ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँछ, त्यसको छानबिन रोकिएको हुन्छ, त्यसको छानबिन गर्ने निकाय राष्ट्रबैंक हो कि होइन ? राष्ट्रबैंकले त अर्डर गर्छ नि ।’

त्यस्तै उनले विश्वका डेमोक्रेटिक देशमा राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट चलिरहेको हुने उल्लेख गर्दै उनले भने, ‘कहीँ पनि राम्ररी चलेको हुँदैन । किनभने राष्ट्र बैंकले जहिले पनि गलत काम अर्थमन्त्रालयले गरेको छ भने रोक्ने काम गरिरहेको हुन्छ । किनभने मौद्रिक नीति बनाउने जिम्मेवार त राष्ट्र बैंकको हो । यो कुरालाई मध्यनजर गरेर उहाँले विलासिताको सामान आयात अहिले नगर्नुस्, किनभने विदेशी सञ्चिति ६ महिनाको लागि मात्रै छ भन्दा त्यो लिक भयो भन्ने कुरा आयो । त्यो त हामी सबैले भन्दैछौँ ।’

उनले थपे, ‘विलासिताको सामान रोक्ने मात्रै होइन, सुपारीको आयात किन चाहियो ? मरिचको किन चहियो ? छोगडाको आायत किन चाहियो ? मटर दाना किन चाहियो ? त्यसको जवाफ सरकारले पनि दिनुपर्छ, अर्थमन्त्रालयले पन दिनुपर्छ । जनतालाई दिन जरुरी छ । यो कुरालाई गभर्नर, राष्ट्रबैंकले रोक्न खोज्नु गलत हो ? उहाँका कमी कमजोरीहरु होलान् तर अर्थतन्त्र ओरालो लागिरहेका बेला गभर्नरलाई बिना कारण निलम्वन गर्नु सरासर गैर जिम्मेवारपन हो ।’

त्यस्तै नेता कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गरे । उनले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानबिरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाए । त्यस्तै उनले नेपाल टेलिकमको प्रवन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादित व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताए ।

उनले भने, ‘अहिले जुन नियुक्तिहरु भएको छ, राजदूतको नियुक्ति भएको छ, व्यक्तिमा म जान्न, तर संविधानको खिलाफ भएको छ कि, छैन भनेर तपाईहरुले हेर्नुपर्छ । समावेशी भयो त त्यो ? मलाई त लाग्दैन, समावेशी भयो भनेर । २० जना राजदूत नियुक्ति गर्दा समावेशी भएको देखिँदैन । अहिले टेलिकममा एमडी नियुक्ति हुनुभयो । मैले सुनेको उहाँ त ओम्नीमा पनि समावेश हुनुहुन्छ । त्यस्तो विवादित व्यक्तिलाई किन गनुप¥यो ? के कारणले गर्नुभयो, यसको जवाफ सरकारले हामीलाई दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..