निमफुन्जो शेर्पाको दादागिरी
बाह्रबिसेको मेयर छान्न एमालेलाई सकस

सिन्धुपाल्चोक । नेकपा (एमाले)का लागि बाह्रबिसे नगरपालिकाको मेयर छनोट फलामको च्यूरा जस्तै भएको छ । वर्तमान मेयर निमफुन्जो शेर्पाले नगर कमिटीको आइतबार र सोमबार बसेको बैठकमा पार्टी सदस्य नै नभएका १५–२० जना कुन्डलेमण्डले पल्सर मोटरसाइकलमा लाने र आफ्नो पक्षमा नाराबाजी गराएपछि उम्मेदवार छान्नै सकस परेको छ ।

बाह्रबिसेको ग्रान्ड होटलमा बसेको बैठकमा मेयर पदको आकांक्षा प्रकट नगर्ने तर मोटरसाइकलमा केटा उतारेर निमफुन्जो शेर्पा नै चाहिन्छ भनेर नाराबाजीमा उतारेका कारण नगर कमिटीले उम्मेदवार चयन नै गर्न नसक्ने अवस्था सृजना भयो ।

नगर समितिको बैठकमा मेयरको दाबी गर्नेहरुमा शम्भु सापकोटा, प्रदीप पौडेल, ज्ञानेन्द्र राउत, डीबी लामा, सुशीला पाख्रिन र सागर घिमिरेसहितका ५ जना छन् । निमफुन्जो शेर्पाले नगर समितिको २ दिनसम्म चलेको बैठकमा दाबी पनि प्रस्तुत नगर्ने, आफ्ना केटा नाराबाजीमा उतार्ने काम गरिरहे ।

नगर समितिको बैठकमा अन्तिममा निमफुन्जोले आफ्नो मात्र नाम मेयरमा पठाउनुपर्ने अड्डी राखे । सुशीला तामाङलाई फेरि पनि उपमेयरमै दोहोर्याउनुपर्ने सर्त राखे । मेयरमा आफू र उपमेयरमा सुशीला नै हुनुपर्ने अनौठो माग राखेपछि नगर समितिको बैठकमा सहमति हुन सकेन ।

सुशीला तामाङको नाम सिफारिस भए माथिबाट उनैलाई मेयरको उम्मेदवार बनाउने आशंका निमफुन्जोलाई छ । केही दिनअघि बाह्रबिसे नगरसमितिका पदाधिकारी र मेयरका दाबेदारहरु एमाले अध्यक्ष केपी ओलीलाई भेट्न गएका थिए ।

त्यसक्रममा ओलीले ‘उपमेयर खोई ? उहाँले राम्रो काम गरेको सुनेको छु’ भनेकाले पनि निमफुन्जोलाई सुशीलाको नाम पठाए मेयरमा उनैले टिकट पाउने आशंकाले घर गरेको छ । आफ्नो नाममात्र पठाउन ढिपी कसेपछि नगर कमिटीले नाम टुंगो लाउन नसकेपछि जिल्ला कमिटीमा दाबेदारको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..