अर्थतन्त्रमा संकट आउनुको मुख्य दोषी एमाले र युवराज खतिवडा हुन्

काठमाडौं । एक ब्यापारीका लागि चकलेटको भंसार घटाएर अर्बौको आयात प्रोत्साहन गरेको कसले हो ? एक ब्यापारिक घरानाको स्वार्थका लागि गाडी आयातको भन्सार घटाउने र बढाउने खेल खतिवडाले किन खेलेका थिए ? अर्बौको आयात भइरहँदा ‘विकास र उत्पादनका लागि आयात भइरहेको छ’ भनेर जनता झुक्याउने तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडालाई अहिले अभिनन्दन किन गर्दैनौ ?

खतिवडाले बैैधानिक लगानीको माध्यम सेयर बजारलाई संकटग्रस्त बनाउँदा यहाँको पैसा कहाँ गयो ? ‘सेयरमा लगानी नगर, पैसा बैंकमा राख’ भन्दै भाषण गर्ने खतिवडाले बैंकलाई ब्रोकर लाइसेन्स रोक्दा सेयर बजारको अहिलेको हालत भएको हो भनेर जिम्मेवारी लिनुपर्दैन ? तीन बर्ष सरकार चलाएर आन्तरिक उत्पादन बढाउँन सिन्को नभाँचेका एमालेवालाहरु आज आयात बढ्यो भनेर रोइलो गर्दा आफूले चाहिँ पश्चाताप गर्नुपर्दैन ?

विदेशी मुद्रा आयको मुख्य स्रोत पर्यटन हो रहेछ, पर्यटक नआउँदा पनि हामीले अहिलेको अवस्था भोग्नुपरेको सत्य हो, यसले विदेशी मुद्रा संचितिमा आघात पारयो तर कोरोना संक्रमण शुरु हुँदा तत्कालीन अर्थमन्त्री खतिवडाले ‘जीडीपीमा पर्यटनको हिस्सा ३ प्रतिशत मात्र हो, पर्यटक नआएर केही फरक पर्दैन, कोरोनाको प्रभाव अर्थतन्त्रमा पर्दैन, भारतीय र चिनियाँ पर्यटक ल्याएर पर्यटनमा हुने घाटा पूर्ति गर्छाै’ भन्ने भाषण कुन भाङ खाएर गरेका थिए ?

एमालेवालाहरु पानीमाथिको ओभानो बन्ने प्रयास नगर, अहिलेको अर्थतन्त्रमा संकट आउनुको मुख्य दोषी एमाले नै हो तर काँग्रेससहितको अहिलेको गठबन्धन र अर्थमन्त्री जनार्दन शर्माको उल्टो बुद्धि पनि कम जिम्मेवार छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..