जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलाई घुससहित पक्राउ गरेका छन्।
जनकपुरधामको भानुचोकबाट सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले निमित्त सुनिल झालाई नियन्त्रणमा लिएको हो। मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झालाई अख्तियारको टोलीले ५ लाख घुस रकमसहित सोमबार बिहान पक्राउ गरेको हो।
झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ। जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।


