विमानस्थलबाट सुनको सिक्रीसहित तीन पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २९९.८८ ग्राम सुनसहित तीनजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका-१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका-६का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँपालिका-६ रसुवाकाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।

एयर अरेबियाको विमानबाट सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।


प्रहरीले सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री गरी ६ वटा सुनको सिक्री बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..