नुवाकोट । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र विदुर नगरपालिका कमिटीको सोमबार बसेको बैठकले मेयरमा बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयरका लागि पार्टीको तर्फबाट उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी केन्द्र विदुर नगर कमिटीले जनाएको छ ।
उनी माओवादी केन्द्रका नेता पोस्टबहादुर बोगटीको छोरी हुन् ।


