काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निजी क्षेत्रको सहभागिता बिना आर्थिक बिकास सम्भव हुन नसक्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभामा सोमबार उनले सो कुरा बताएका छन् ।
समुदघाटन समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाग्राा भएको पनि बताए ।
आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुुपर्ने उनको भनाई थियो । मुलुकको अर्थतन्त्र, रोजगारी, पूँजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्नेमा सापकोटाको भनाइ थियो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्य दिँदै आफुहरु लगानी गर्न तयार भएको तर यसको लागि सरकारले प्रक्रिया सहज बनाइ दिनुपर्ने बताएका थिए । कार्यक्रममा गोल्छाले भने,‘ हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुस् । हामी रोजगारी दिन्छौं, हडताल नगरि दिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनु होस् ।
हामी पर्यटक ल्याउँछौँ, स्वागत गरि दिनुहोस् । हामी राजस्व बुझाउँछौँ, अपमान नगरिदिनुहुन ।’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले करिव ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूह रहेको भन्दै यो यूवा जनसंख्याको बाहुल्यता भएको धारणा राखेका थिए । तर अबका केही वर्षभित्र यसको भरपूर उपयोग गर्न नसकेमा अझ बढी कठिनाइका दिन आउन सक्ने उनको भनाई थियो ।


