म्यानपावर व्यवसायीहरुमाथि खनिए श्रममन्त्री, राजनीति गर्न मन लागे चुनावमा भाग लिन व्यवसायीहरुलाई सुझाव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले म्यानपावर व्यवसायीहरुलाई राजनीति नै गर्न मन लागेको भए बैशाख ३० गतेको निर्वाचनमा भाग लिन सुझाव दिएका छन् ।

आइतबार ललितपुरको होटल हिमालयमा आयोजित पूर्व प्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्था सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो आक्रोश पोखेका हुन् ।

कार्यक्रममा केही व्यवसायीहरुले होहल्ला गरेपछि मन्त्री श्रेष्ठ आक्रोशित बनेका हुन । उनले सबैले आ–आफ्नो समस्या राख्नुपर्नेमा होहल्ला गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले आफू अरु मन्त्रीजस्तो लुते नभएको भन्दै संयम हुन पनि व्यवसायीहरुलाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..