स्थानीय तहको निर्वाचन सार्न नेकपाको आग्रह, विप्लवको सन्देश बोकेर प्रकाण्ड नेताको घरदैलोमा

काठमाडौं । स्थानीय तहको निर्वाचनको आचारसंहिता लागु भैसकेको छ । आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु चुनावमा होमिइसकेका छन् । कतिपय दलले त उम्मेद्धवारको तयसमेत गरिसकेका छन् ।

तर, सुरुमा निर्वाचन नजाने भनेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने अहिले निर्वाचनको मुखमा आएर निर्वाचना भाग लिने भन्दै यसका नेताहरुको दौडधुप सुरु भएको छ ।

खासगरी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निर्वाचन आयोगमा पुगेर निर्वाचनमा भाग लिने वातावरण बनाईदिन आग्रह गरेका थिए । तर, आयोगका अधिकारीले भने निर्वाचनको रेल छुटिसकेकोले अब त्यो सम्भव नभएको जवाफ दिएका थिए ।

निर्वाचन आयोगबाट सकारात्मक जवाफ नपाएपनि प्रकाण्डले राजनीतिक भेटवार्तालाई भने निरन्तरता दिईरहेका छन् । उनले आफूहरुले स्थानीय तहको निर्वाचनको मिति सार्नको लागि आयोग र सरकारसँग आग्रह गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनको भनाई थियो,‘हामी भाग लिन तयार छौं । तर, त्यसको लागि आयोग र सरकार दुवैले वातावरण बनाउनुपर्छ । मतदाता नामावलीमा नाम थप्नुपर्यो । हाम्रा सम्पूर्ण बन्दी रिहा हुनुपर्यो । निर्वाचन नसारे भाग लिन सक्दैनौं ।’ उनले आफूहरु निर्वाचनमा भाग लिने वातावरण नभए अहिलेको निर्वाचनमा अवरोध गर्न बाध्य हुने पनि चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..