धरानको मेयरमा एमालेबाट ११ जनाको नाम सिफारिस


धरान। धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ ।आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकांक्षा राखेका नेताहरुले दावी नछोडेपछि सबैको नाम सिफारिस गरेको नगर कमिटीले जनाएको छ ।एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङका अनुसार बैठकमा सहमति नजुटेपछि दाबेदार सबैको नाम सिफारिस गरेको हो । अब उम्मेदवारको अन्तिम टुङ्गो पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ ।

नगर कमिटीको बैठकले मेयरका लागि पहिलो नम्बरमा उपमेयर मञ्जु भण्डारीको नाम सिफारिस गरेको छ । बैठकले पूर्वमेयर मनोज मेन्याङ्बो, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला, तीर्थ मास्केको नाम सिफारिस गरेको हो ।त्यस्तै उपमेयरमा सुशीला पहाडी, लहरुमाया जिमी, पदम इश्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ राई र लिला राईको नाम सिफारिस गरेको छ ।

धरानमा नेकपा एमालेको ‘दश बुँदे पक्षधर’को पकड रहेको क्षेत्र हो । २०७४ सालमा मेयरमा निर्वाचित तारा सुब्बाको निधनपछि तत्कालिन नेकपाले नेता माधव नेपाल पक्षका नेता प्रकाश राईलाई उम्मेदवार बनाएको थियो । उनी काङ्ग्रेस उम्मेदवार तिलक राईसँग पराजित भएका थिए ।

धरानको मेयरका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छैन । काङ्ग्रेसबाट मेयर तिलक राई, पूर्व नगर उपसभापति किशोर राई, प्रदेश १ महामन्त्री उमेश थापा लगायत दाबेदार छन् । माओवादी केन्द्रबाट अइन्द्रबिक्रम बेघा, किरण राई मेयरको दाबेदार छन् ।कांग्रेस र माओवादी केन्द्र, नेकपा एस, जसपासहितको सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..