गाँजासहित मकवानपुरबाट लागुऔषधसहित पक्राउ


मकवानपुर । मकवानपुरमा लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको टोलीले उनको घरमा खानतलास गर्दा लुकाएर राखेको ट्रामा, नाइट्रोभेट र मोरेक्स फेला परेको थियो ।प्रहरीले उनको घरबाट ट्रामा १०४० ट्याबलेट, नाइट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद गरेको छ ।


प्रहरीले ३५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसलाई चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका-१ बस्‍ने ११ वर्षीय सरोज तामाङ, २५ वर्षीय सूर्यबहादुर स्याङ्गो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र २४ वर्षीय एबीलाल तामाङ रहेका छन् ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..