चेन्नईमाथि हैदराबादको सानदार जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा हैदराबादले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादलाई जित दिलाउनको लागि युवा ओपनर अभिषेक शर्माको उत्कृष्ट प्रर्दशन गरे । १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

हैदराबादको लागि अभिषेकले सार्वधिक ७५ रन प्रहार गरेका थिए । उनले ५० बलमा ५ चौक र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै हैदराबादको लागि राहुल त्रिपाठीले ३९ रन, केन विलियम्सनले ३२ रन र निकोलस पुरन ५ रनमा अविजित रहे । चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । चेन्नईका मोईन अलीले ३५ सर्वाधिक ४८ रन बनाएका थिए । ओपनर रोविन उथप्पा १५ र ऋतुराज गायकवाड १६ रनमा आउट भएका थिए । अम्बाती रायुडू २७, शिवम दुबे ३, रविन्द्र जडेजा २३ र महेन्द्रसिंह धोनी ३ रनमा आउट भए ।

यो जितसँगै हैदराबाद ३ खेलमा १ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । ४ खेल खेलेको चेन्नई सुपर किंग्स र नवौं छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..