डिल्लीबजार मालपोत कार्यालयमा आगलागी


काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारको भवनमा आगलागी भएको छ । आज बिहान करिब ९ बजे आगलागी भएको मालपोत कार्यालय डिल्लीबजार काठमाडौंका प्रमुख टुनाबहादुर श्रेष्ठले बताएका छन् ।

आगलागीबाट मालपोत कार्यालयका एक सय ५० वटा फाइल पूरै तथा आंशिक जलेर नष्ट भएको श्रेष्ठले बताए । विद्युत सर्ट भई आगलागी भएको दाबी श्रेष्ठले गरेका छन् । उनले आज बिहान ८ बजे विद्युत सर्ट भई मालपोत कार्यालयको कोठाका स्वीच समेत जलेर आगलागी भएको र फाइलहरु जलेको जानकारी दिए ।


विद्युत सर्ट भएर आगलागी हुँदा त पूरै घर जल्नुपर्ने होइन र, कुनै जग्गाका फाइलमा कुनै गडबडी गर्नका लागि आगलागी गरिएको आशंका पनि सेवाग्राहीले गरेका छन् । तर मालपोत कार्यालयका प्रमुख श्रेष्ठले त्यस्तो कुनै गडबडी भएर होइन, आगलागी भएकै हो, कोठाबाट आगलागी भएर धुवाँ आएको देखिएपछि साथीहरुले थाहा पाउनुभयो, म पनि साढे ९ बजे आइपुगेको अवस्थामा फायर फाइटरले अगो निभाइयो, आगो निभिसक्न लाग्दा प्रहरी आइपुगेका हुन् ।


‘आशंका त जे पनि गर्न सकिन्छ तर विद्युत सर्ट भएरै आगलागी भएको हो, योजनाबद्ध होइन’ मालपोत कार्यालयका प्रमुख श्रेष्ठले भने ।
केही बर्षअघि टंगालस्थित भाटभटेनी सुपरमार्केटमा रहस्यमय आगलागी भएको थियो, जुन आगलागीमा भ्याटबिल मात्र जलेको तथ्य सार्वजनिक भएको थियो ।

जुन समयमा भाटभटेनीका संचालक मीनबहादुर गुरुङमाथि नक्कली भ्याटबिल प्रयोग गरेको आारोप थियो । त्यहीबेला भ्याटबिल जल्नुले पनि उक्त आगलागी रहस्यमय बनेको थियो । त्यस्तै खालको आगजनी त डिल्लीबजार मालपोत कार्यालयमा भएको होइन भन्ने आशंका गर्ने ठाउँ पर्याप्त छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..